चितवन । उच्च गुणस्तर, नवीनतम र उत्कृष्ट डिजाइनको प्रतिबद्धतासहित ‘जी–स्टाइल क्लोथिङ’ नामक युनिसेक्स कपडा स्टोरको शुभारम्भ गरिएको छ।
कालिका नगरपालिका–२ पदमपुरस्थित लाहुरे चोकमा सञ्चालनमा आएको स्टोरको शुभारम्भ अन्शु चौधरीले रिवन काटेर उद्वघाटन गरेकी थिईन् । सबै उमेर समूहलाई लक्षित गरि स्टोर सुरू भएको हो ।
स्टोरमा महिला तथा पुरुष दुवैका लागि आधुनिक फेसनमा आधारित जिन्स, टी–शर्ट, ज्याकेट, हुडी, कुर्ता, सर्ट लगायतका उच्च गुणस्तरका पहिरनहरू उपलब्ध हुने सञ्चालक सुशील चौधरीले जानकारी दिए ।
स्टोरमा रेडिमेड कपडाहरु ‘फिक्स’ मूल्यमा पाइने उनले बताए । निर्माण व्यवसाय र होटल व्यवसायपछि चौधरीले कपडा व्यवसायमा हात हालेका हुन् । आफ्नै भवनमा सञ्चालित ‘जी–स्टाइल क्लोथिङ’मा २५० रुपैयाँदेखिका कपडाहरु उपलब्ध छन् ।
‘आधुनिक फेसनमा आधारित जिन्स, टी–शर्ट, ज्याकेट, हुडी, कुर्ता, सर्ट लगायतका कपडाहरु किन्न अब टाँडी वा भरतपुर जानु नपर्ने भएको छ’, चौधरीले भने, ‘कालिका नगरपालिकाका बासिन्दाहरु यस्ता कपडा किन्न बाहिर जानु नपरोस् भनेर हामीले स्थानीयहरुलाई लक्षित गरी पसल सञ्चालन गरेका हौँ ।’
‘जी–स्टाइल क्लोथिङ’ले स्थानीय युवायुवतीलाई नवीनतम फेसन र शैलीमा पहुँच दिलाउने उद्देश्यले सेवा विस्तार गरेको उनले बताए।











