चितवन । भरतपुर महानगरपालिका–१० विशाल चोकमा कार अनियन्त्रित भई रुपमा ठोक्किदा कार चालकको मृत्यु भएको छ ।
गएराति साढे १ बजेको समयमा रमाईलो चोकबाट विशालचोकतर्फ आइरहेको बा १५ च ४६९३ नम्बरको कार आफै अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किएको थियो ।
कार रुखमा ठोक्किदा गम्भीर घाइते भएका कार चालक भरतपुर–२ आँपटारी बस्ने वर्ष २९ को डा विप्लव भट्टको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा गएराति २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अकिारी रवीन्द्र खनालले जानकारी दिए ।











