चितवन । गैंडाकोटको हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा भीषण आगलागी भएको छ ।
अत्यधिक सुविधासम्पन्न यो रिसोर्टमा बुधबार बिहान आगलागी भएको हो ।प्रारम्भिक अनुमानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
आगलागीको कारण र जनधन क्षतिको विवरण यकिन भइसकेको छैन ।












