काठमाडौं । संविधानसभा सदस्य एवं नेपाली कांग्रेस बाराका पूर्वसचिव रामअयोध्या यादवको निधन भएको छ ।
लामो समयदेखि मिर्गौला रोगबाट पीडित यादवको ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा आज बिहान मृत्यु भएको हो ।
बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँका यादव २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए । उनका दुई छोरा, दुई छोरी र श्रीमती छन् ।











