काठमाडौं । तीन दिनदेखि सेयर बजार लगातार बढेको छ । मंगलबार सेयर बजारको परिसूचक नेप्से २८.९१ अंक बढेको छ ।
यसअघि आइतबार २६ र सोमबार ९ अंकले बजार बढेको थियो । आजको वृद्धिपछि २६६० मा कायम भएको छ ।
मंगलबार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३ करोडको भयो ।












