काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री दाबी गर्दै अन्तरिम आदेशका लागि मुकुल ढकालले दायर गरेको रिट हेर्न नभ्याइने भएको छ ।
उक्त रिटमाथि सर्वोच्च अदालतले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको इजलासको १८ औँ नम्बरमा आज तोकिएकोमा हेर्न नमिल्ने भएको हो ।












