काठमाडौं । सोमबार नेप्से परिसूचक बढेको छ।
नेप्से ९.१९ अंकले बढेर २६३१.४८ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम भने घटेको छ।
आइतबार सात अर्ब १२ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार ६ अर्ब ३८ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम ७४ करोड रूपैयाँ कमी आएको हो।












