नुवाकोट । नुवाकोटमा बाढीले बगाउँदा बेपत्ता भएकी महिला खोज्न तालिम प्राप्त कुकुर परिचालन गरेको छ।
ककनी गाउँपालिका-१ भसीबुको बिमचना खोलाले बगाएकी महिला खोज्न काठमाडौंबाट तालिम प्राप्त कुकुर पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
गएराति ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी हुन्।











