चितवन । मध्य नेपाल यातायात प्रालिले चितवनको नारायणगढदेखि जनकपुरसम्म २ वटा बिद्युतिय (इभी) गाडी सञ्चालनमा ल्याएको छ ।
विशेष गरि चितवनलाई केन्द्र मानेर यात्रुहरुलाई सहज र आरामदायी यात्राको लागि एसि सहितको सुबिधा सम्पन्न गाडी संचालनमा ल्याइएको मध्य नेपाल यातायात प्रालिका अध्यक्ष चिनी बहादुर बोहोराले जानकारी दिए ।
उनका अनुसार नारायणगढदेखि जनकपुरसम्म ५ घण्टामा यात्रा गर्न सकिनेछ । भाडा पनि अन्य गाडिहरुले लिने जति नै कायम राखेको छ ।
देशभर यातायात प्रालिले २ सय वटा बिद्युतिय गाडी संचालन गरिरहेको छ ।
चालक दलका सदस्यहरुलाई छुट्टै ड्रेस र कार्डको व्यवस्था गरि डिजिटल ढङ्गले संचालन गर्ने व्यवसायी देव गहतराजले जानकारी दिए । चितवन र जनकपुरको धार्मिक र पर्यटन क्षेत्रलाई समेत सहयोग पुग्ने व्यवसायी गहतराजले दावी गरेका छन् ।












