चितवन । चितवनको भरतपुर महानगरफालिका-२५ शुक्रनगरमा एक भूपू सैनिकले आफ्नी छोरी र दाजुको छोराको हत्या गरेका छन् ।
४२ वर्षीय लिलाराज गिरीले दाजु दया गिरीको छोरा अन्दाजी ५ वर्षको सजन गिरी र आफ्नी छोरी ७ वर्षीय प्रभालाई खुर्पा प्रहार गरेर हत्या गरेका हुन् ।
खुर्पा प्रहारबाट गम्भीर घाइते भएका सजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा आज बिहान मृत्यु भएको हो ।
घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेका थिए । उनको गम्भीर अवस्थामा उपचार जारी छ । उनको मानसिक सन्तुलन ठिक नभएको प्रहरीले बताएको छ ।
प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।












