काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा बस्नु पर्ने भएको छ ।
जिल्ला अदालत काठमाडौँकी न्यायाधिस मोना सिंहको इजालसले मिश्रविरुद्ध सातौँ पटक राज्य विरुद्धको कसुरमा म्याद थप गरेको हो ।
मिश्र र प्रसाइलाई पछिल्लोपटक वैशाख २१ गते म्याद थप गरिएकोमा थप अनुसन्धान गर्नपर्ने भएकाले म्याद थपका लागि प्रहरीले आज अदालतमा उपस्थित गराएको थियो ।
गत चैत १५ गते भएको तीनकुने घटनामा दोषी भएको भन्दै सोही राति मिश्रलाइ र प्रसाइलाइ भने एक सातापछि भारतबाट पक्राउ गरेर ल्याएको थियो ।












