काठमाडौं। प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।
सघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः बजे देखी सुरू हुनेछ ।
आजको बैठकमा पनि केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि ‘कर्मकाण्डी’ छलफल हुनेछ । ‘कर्मकाण्डी’ छलफल जारी रहँदा प्रतिनिधिसभा बैठक कक्ष भने खाली हुने गरेको छ । बैठकमा सांसदहरुको उपस्थिती नगन्य देखिन्छ ।
गत वैशाख २२ गते देखी निरन्तर सरकारको नीति तथा कार्यक्रम माथी छलफल चलिरहेको छ। गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकवाट नीति तथा कार्यक्रम सार्बजनिक गरेको पर्सी पल्ट देखी निरन्तर छलफल चलिरहेको हो ।












