काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्ने भएक छन्।
आज बसेको राष्ट्रियसभा बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो जानकारी गराएका हुन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल नसकिएको र नीति तथा कार्यक्रममाथि सांसदहरूले सदनमा उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम राखिएको उनले जानकारी दिए ।
उनले भने, ‘‘आर्थिक वर्ष २०८२र०८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा माननीय सदस्यहरूले बोल्ने क्रम नसकिएकोले आगामी बैठकमा समेत छलफल जारी रहने र सम्माननीय प्रधानमन्त्रीज्युबाट जवाफ दिने गरी निर्धारण गरिएको बेहोरा जानकारी गराउँछ । राष्ट्रियसभाको अर्को बैठक २०८२ साल वैशाख २८ गते आइतबार अपरान्ह १ बजेर १५ मिनेटमा बस्ने गरी यो बैठक यहीँ स्थगित हुने छ ।’’
राष्ट्रियसभाको अर्को बैठक वैशाख २८ गते आइतबार दिउँसो सवा १ बजे बस्ने छ ।












