काठमाडौं । सहकारी पीडितहरूले अर्धनग्न भएर प्रदर्शन गरेका छन्।
आज माइतीघर मण्डलामा पीडितहरूले अर्धनग्न भएर प्रदर्शन गरेका हुन्।
उनीहरूले एक खालका कालो कपडा लगाएर सरकारको विरोध प्रदर्शनी गरे । सहकारी पीडितले दोषीमाथि कारबाहीको माग गर्दै निरन्तर प्रदर्शन गर्दै आएका छन् ।












