काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राप्रपा नेता रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेका उनीहरुसहित २४ जना अदालतमा पेश गरिएकामा अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धा गर्न अनुमति दिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए।
यही वैशाख १० गते उनीहरूमाथि अनुसन्धा गर्न तीन दिनको म्याद थपिएको थियो। उनीहरुमाथि राज्यविरुद्धको अपराध र संगठित अपराधमा अनुसन्धान भइरहेको छ।












