काठमाडौँ । कांग्रेस सांसद माया राई पक्राउ परेकी छन् ।
अपराध अनुसन्धानको कार्यालयले केहीबेर अघि कपनस्थित उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो।
राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।
सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।












