काठमाडौं । आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
आजको खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९ बजे देखी सुरू हुनेछ । यसअघि तीन वटा खेलमा लगातार जित हासिल गरेको नेपाल आज चौँथो जितका लागि मैदानमा उत्रन लागेको हो ।
नेपालले पहिलो खेलमा युएईलाई डकवर्थ लुईस पद्धति (डिएलएस)का आधारमा ५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाइ ८ विकेटले पराजित गर्दै दोस्रो जित हासिल गरेको थियो ।
गत बुधबार भएको तेस्रो खेलमा हङकङविरुद्ध खेलमा ९ विकेटको सानदार जित निकालेर नेपाल आज अफगानिस्तानसँग भिड्न आइपुगेको हो ।
लगातार तीन खेलमा जित हासिल गरेको नेपाल ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । यो सँगै यस चरणमा यो नेपालको अन्तिम खेल हुनेछ ।











