काठमाडौं । संघीय संसदको एक समितिले गृहमन्त्री रमेश लेखकसँग सोधपुछ गर्ने भएको छ।
कानून, न्याय तथा मानव अधिकार समितिले गृहमन्त्री लेखकसँग चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका बारेमा सोधपुछ गर्ने भएको हो ।
समिति सचिवालयका अनुसार २०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानवअधिकार उलङघनका बिषयहरू माथी माननीय गृहमन्त्रीसँग छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।












