नवलपुर । नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने हुँदै छ।
नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड मंगलबारदेखि चैत ३१ गतेसम्म बिहान ११ देखि अपराह्न ३ बजेसम्म बन्द हुनेछ।
वैशाख १ गतेदेखि राति ११ देखि बिहान ५ बजेसम्म बाटो बन्द हुनेछ।












