चितवन । चितवनको माडी नगरपालिका–५ राधापुरमा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमति कुटपिट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा माडी–५ राधापुर बस्ने ३४ वर्षीय सिताराम दराई रहेका छन् ।
सितारामले सोमबार राति १० बजेको समयमा मापसे गरी श्रीमति २७ वर्षीय संगिता दराईलाई कुटपिट गरेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । कुटपिट गरी धकेल्दा भित्तामा ठोक्किएर संगिता घाइते भएको र उनको स्थानीय बघौडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
संगिताको कोखामा भित्रि चोट लागेको र अवस्था मध्यम रहेको छ ।
इप्रका माडीबाट प्रहरी सहायक निरीक्षक राम किशोर सुडिको नेतृत्वमा खटिएको टोलीले संगिताका श्रीमान सितारामलाई पक्राउ गरेको हो ।












