चितवन । चितवनको भरतपुर महानगरपालिका–१९ थानेदार चोकमा प्लाष्टिकको कुर्सीबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–१९ स्थित भक्त बहादुर गुरुङको घरमा डेरा गरी बस्ने वर्ष ५६ को मान बहादुर गुरुङ रहेका छन् ।
मंगलबार राति ९ः१० बजेको समयमा प्लास्टिकको कुर्सीबाट एक्कासी लडेर मान बहादुर गुरुङ गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारको लागि भरतपुर अस्पताल ल्याएकोमा मंगलबार राति ९ः३५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनको प्रवक्ता रविन्द्र खनालले बताए ।












