चितवन । जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । राप्तीस्थित ब्रम्हस्थानी स्कुलमा केहि बेर रोकिएको मतदान पुनः सुरु भएको छ । विप्लव नेतृत्वको माओवादीको कार्यकर्ताले मतपेटिकामा आगजनी गर्ने प्रयास गरेपछि त्यहाँ केहिबेर मतदान रोकिएको थियो ।
समाचार तयार पार्दासम्म जिल्लामा १५ प्रतिशत भन्दा बढी मत खसिसकेको निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरे । उनी गोरखा–२ बाट उमेदवार उठेका छन् । जिल्लाका अधिकांश उमेदवारहरुले पनि उमेदवार गरिसकेका छन् ।