चितवन । गएराती डोटीस्थित खस्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रविन्दु बनाएर गएको भुकम्पले पूर्वीचौकी गाउँपालिका–३ गृह मन्त्रालयले प्रदेश गोदाम घर धनगढीबाट एक ट्रक राहत सामाग्री घटनास्थलमा पठाएकोे छ ।
भुकम्पमा परि छ जनाको मृत्यु ,आठ जना घाइते र १० वटा घर पूर्णरुपमा क्षति भएको गृह मन्त्रालयले बुधबार विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, र स्थानीय बासिन्दा समेत मिलेर छ जना घाइतेलाई स्थानीय अस्पतालमा र २ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत् सेती प्रादेशिक अस्पताल पठाएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
भुकम्पबाट मृत्यु भएका परिवार तथा पूर्ण वा आंशिक घर क्षति भएकालाई राहत रकम तत्काल वितरण गर्ने प्रबन्ध मिलाएको पोखरेलले बताए ।












