काठमाडौं । काठमाडौंको गोंगबु चोकबाट दुर्लभ वन्यजन्तु सालकको खपेटा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार १० केजी ५ सय ग्राम तौल भएको सालकको खपेटा सहित रामेछाप दोरम्बा गाउँपालिका–७ थापागाँउ घर भएका ३८ वर्षीय प्रेम बहादुर बिक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१ वर्षीय अर्जुन मगरलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले सालकको खपेटा बोकी हिँडिरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त तौलको सालकको खपेटा फेला पारी पक्राउ गरेको हो ।
साथै प्रेम बहादुर बिक सवार बा.५८ प ८३३७ नम्बरको मोटरसाइकल र अर्जुन मगर सवार बा.प्र ०२–०२८ प ७६७२ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।












