चितवन । रत्ननगर नगरपालिका–१ सौराहा चोकमा रहेको न्यु कालिका अटो पार्टस् र कालिका मोटर पार्टस्मा आगलागी भएको छ ।
ईलाका प्रहरी कार्यालय टाँडीका अनुसार खैरहनी नगरपालिका–५ बस्ने रामचन्द्र कोइरालाले सञ्चालन गरेको उक्त ग्यारेजमा आज विहान ३ बजेर ५० मिनेटमा लागेको आगो ५ बजेर ५५ मिनेटमा नियन्त्रणमा आएको थियो ।
स्थानीयबासी, प्रहरी, भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको बारुणयन्त्रको सहयोगमा उक्त आगो नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ । आगलागीबाट यामाहा कम्पनीको १२ वटा नयाँ मोटरसाईकल र २० वटा भन्दाबढी पुरानो मोटरसाईकलहरुमा क्षती भएको कार्यालयले जनाएको छ ।
आगलागीको कारण खुलेको छैन । क्षतीको विवरण भने आउन बाँकी छ ।











