काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँले मूल्य वृद्धि गरेको छ।
आज बसेको निगम सञ्चालक समितिको बैठकले भारतबाट बढेर आएकाले मूल्य समायोजन गरी ३ रुपैयाँ बढाइएको जनाइएको छ।
बढेको मूल्य सोमवार राति १२ बजेदेखि लागु हुने निगमले बताएको छ ।













