चितवन । राप्ती नदी किनारमा चराउन ल्याइएका सरकारी हात्ती । चितवन राष्ट्रिय निकुञ्जले यी हात्ती निकुञ्जको सुरक्षार्थ गस्तीमा खटाउने गर्छ । निकुञ्जमा ५० वटा हात्तीको दरबन्दी रहेको छ भने कोशीटप्पुबाट थप पाँच वटा हात्ती यहाँ ल्याइएको छ । एउटा हात्तीको रेखदेख गर्न तीन जना कर्मचारी खटिन्छन् ।