पोखरा । प्याराग्लाइडिङका क्रममा दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएपछि नागरिक उडड्यन प्राधिकरणले देशभर प्याराग्लाइडिङ उडानमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । आइतबार पोखराको सराङकोटमा नवौँ राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको हो ।
अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । प्राधिकरणले उडान सुरक्षाबारे सुक्ष्म अध्ययन गर्ने उनले बताए ।
निरौलाका अनुसार अब उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरुबारे समेत प्राधिकरणले अध्ययन गर्ने भएको छ । सोहीकारण तत्कालका लागि सबै उडान बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए ।












