चितवन । भरतपुर महानगरपालिका–४ गैंडाचोकस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव पाँच दिनपछि फेला परेको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–५ कल्याणपुरका २३ वर्षीय उदिप ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
असोज २३ गते दिउँसो करिब २ः४० बजेको समयमा नदीमा पौडी खेल्ने क्रममा ठकुरी बेपत्ता भएका थिए । विपद व्यवस्थापनसहितको प्रहरी टोलीले उनको खोजतलास गर्ने क्रममा आज साँझ करिब साढे ५ बजे पानीमा घोप्टो परी तैरी रहेको अवस्थामा उनको शव फेला परेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।











