चितवन । न्यु भरतपुर आँपटारी १३२/११ केभी सबस्टेशनको ११ केभी प्यानलमा ठूलो आगलागी भएको छ । आगलागी भएपछि यसबाट वितरण गरिएका सबै फिडर बन्द भएका छन् ।
क्षेत्रपुर, देवघाट र गणेशस्थान फिडरलाई वैकल्पिक मार्गबाट बसेनीस्थित पुरानो १३२/११ केभी सबस्टेशनबाट सञ्चालन गर्ने तयारी भएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।
औद्योगिक ३ अन्तर्गत बेलचोक, बाह्रघरे, रामघाट, शिवघाटतर्फ को लाईन केही दिन बन्द रहने उनले बताए । आगलागी भएको प्यानल मर्मत भएर सबस्टेशन सञ्चालन नआउँदासम्म अन्य क्षेत्रमा पनि लाइन आउने जाने हुनसक्ने उनले बताए ।











