चितवन । विगत चार हप्ता देखि भरतपुर अस्पतालको वहिरङ्ग र अन्तरङ्ग विभागमा भर्ना भएका अधिकांश
ज्वरोको विरामीहरुमा स्क्रब टाइफस रोग देखिएको छ । ढिलोगरि (ज्वरो आएको एक हप्तापछि) अस्पताल पुगेका विरामीहरुमा जटिल लक्षणहरु देखिएको अस्पतालका प्रवक्ता डा गोविन्द कंडेलले बताए ।
त्यस्ता विरामीमा रगतको प्रेसर घटेर वहु अंङ्ग (मृगौला, कलेजो, फोक्सो ईत्यादि) विग्रने र आइसियूमा उपचार गराउनु पर्ने विरामीको संख्या उल्लेख्य रहेको उनले बताए ।
यो रोग खेतवारीमा रहने मुसाजन्य प्रजातिमा लाग्ने एक किसिमको कीर्नाले टोकेर लाग्ने हुदाँ घर
वरिपरिका झाडी, वुट्यान सफा गर्ने, खेतवारी वा जङ्गलमा जादाँ पुरा शरिर ढाक्ने कपडा लगाउने र खुला चौरमा अनावश्यक लामो समय नबस्न उनले आग्रह गरे ।
यो रोग लागेका विरामीमा ज्वरो आउने, शरिर दुख्ने, टाउको दुख्ने, ग्रन्थी सुन्निने, छालामा किर्नाको टोकाईवाट भएको कालो घाउ/खत देखिने हुन्छ । यस्तो लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्न कंडेलले सुझाव दिएका छन् ।
भरतपुर अस्पताल पुगेका ज्वरोका अधिकांश विरामीमा स्क्रब टाइफस, कहिले जानुपर्छ अस्पताल ?











