चितवन । माडीमा मान्छेलाई आक्रमण गरेर ज्यान लिएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले सोमबार राति नियन्त्रणमा लिएको छ । निकुञ्जको जंगल नजिकैको खेतमा राखेको पाडो खान आएको बेला राति साढे ९ बजेतिर बाघलाई नियन्त्रणमा लिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्राद तिवारीले जानकारी दिए ।
नियन्त्रणमा लिएको बाघ अन्दाजी चार वर्षको पोथी हो । गत वर्ष निकुञ्ज आसपासको क्षेत्रमा बाघ आक्रमणको घटना बढेका थिए । निकुञ्जको मुख्यालय कसरा र सौराहाको खोरमा यसअघि नै नियन्त्रणमा लिएका दुई वटा बाघ रहेको सूचना अधिकारी तिवारीले बताए ।











