गैंडाकोट । नवलपुरकाे कावासोती जंगलमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
कावासोती नगरपालिका–८ खर्कट्टा जंगलमा पश्चिमबाट पूर्व तिर आउदै गरेको बागमति प्र ०१–०२९ च ०२४८ नम्बरको कार र बिपरित दिशातर्फ जादै गरेको बागमति प्र ०३–०४ प १९५८ नम्बरकाे माेटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक नवलपुरको हुप्सेकोट गाउँपालिका–२ का ४१ वर्षका धन बहादुर सार्कीको मृत्यु भएको हो ।
साँझ ६ वजे भएको दुर्घटनामा परि मोटरसाइकलमा सवार हुप्सेकोट गाउपालिका वडा नं १ बस्ने २९ वर्षीय बिनु गुरुङ गम्भीर घाइते भएको नवलपुर प्रहरीले जनाएको छ । घाइते गुरुङको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भैरहेको छ । दुर्घटना लगत्तै कारका चालक फरार रहेको र खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।










