चितवन । नारायणगढस्थित नारायणी पुलबाट नदीमा हाम फालेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ८ बजेको समयमा उनी पुलबाट हाम फालेकी थिइन् ।
बोल्न नसक्ने गम्भीर घाइते अवस्थामा उनलाई भरतपुर अस्पतालमा उपचारको लागि ल्याइएको थियो । उपचारको क्रममा उनलाई बिहान ९ः१० मा डाक्टरले मृत घोषणा गरेको प्रहरी कार्यालयका डिएसपी एवम् प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
अन्दाजी ४२ वर्षिय मृतकको पहिचान भने खुल्न नसकेको पण्डितले जनाए । मृतक महिलाको लास भरतपुर अस्पतालको लास घरमा राखिएको प्रहरीले जनाएको छ ।












