चितवन । नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ पर्वको समयमा चितवनसहित पाँच जिल्लाबाट १०८ जना जुवाडे पक्राउ परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार चितवन, मकवानपुर, काभ्रे, नुवाकोट र सिन्धुलीबाट जुवा कसुरमा १०८ जना पक्राउ परेका हुन् ।
साथै उनीहरुको साथबाट १६ लाख ८९ हजार ५२९ रुपैयाँ नगद बरामद गरी कानुन अनुसार कारबाहीका लागि अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय चितवन, मकवानपुर र सिन्धुलीले गरी ४५२ प्याकेट, ४४ पोका र ५ बोरा पटका र आतिसवाजी जस्ता विस्फोटक पदार्थ बरामद गरिएको उनले बताए ।
चाडपर्वको अवधिमा चितवनसहित पाँच जिल्लामा १५६ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनाबाट २३ जनाको मृत्यु र ३५१ जना घाइते भएको रेग्मीले बताए । ट्राफिक नियम उल्लघंन गर्ने ५९ हजार ७३२ जनालाई कारबाही गरी ४ करोड ८८ लाख ५९ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको उनले बताए ।












