चितवन । स्वयमसेवी सन्तोष शाह भरतपुरमा रहि मेडिसिन पेशामा आबद्ध छ्न् । बिगत लामो समयदेखि मेडिसिन व्यवसायमा लागेका उनी अस्पतालमा रगत नपाएर छटपटाइरहेका बिरामीको सहयोगमा जुट्छ्न् । ब्लड डोनर्स सोसाइटी नेपाल सामाजिक संस्थामा रहि उनले रगत व्यवस्थापनमा सहयोग पुर्याउँदै आएका छ्न् ।
‘अहिले चार्डपर्व विशेषले गर्दा देशका विभिन्न स्थानहरुमा रगतको खडेरी नै लागेको छ’, उनी भन्छन्, ‘अहिलेको अवस्थामा विशेषगरी ‘नेगेटिभ ब्लड’ ग्रुपका बिरामीकाआफन्तहरु र ‘एबी पोजिटिभ’का विरामीलाई रगत जुटाउन हम्मेहम्मे नै परिरहेको छ, राती ११÷१२ बजे रगतका लागि फोनहरु आउने गर्छन्, सकेसम्म सहयोग गरिरहेकै छु ।’
दैनिक १० देखि १५ जनालाई रक्तदानमा जुटाउने पनि गरेको उनले बताए । चाडपर्वको समयमा धेरैजसो नियमित रक्तदाताहरु आ–आफ्नो घरतिर गएकाले रगत दिने दाताको अभाव भएको उनी बताउँछन् ।











