चितवन । आम निर्वाचन नजिकिँदै गर्दा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले जिल्ला प्रहरी कार्यालय चितवनको आइतबार निरीक्षण गरेका छन् । सिंहले जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा कार्यरत इकाई प्रमुखलाई शान्ति सुरक्षा र मानव अधिकार कायम राख्न निर्देशन दिएका छन् ।
प्रहरी महानिरीक्षक सिंहले शान्ति सुरक्षा, मानव अधिकारमा संवेदनशिल रहन, आर्थिक पारदर्शिता कायम राख्न र आसन्न निर्वाचनमा परिचालनका लागी आवश्यक तयारी गर्न निर्देशन दिएको चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । सो अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले प्रदेश प्रहरीले तीन महिनामा सम्पादन गरेका क्रियाकलाप प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षकहरु, मकवानपुर जिल्ला प्रहरी कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक प्रमुखहरु समेतको सहभागीता थियो ।











