चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरी जंगलमा टिप्परले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
आज दिउँसो करिब ३ः२० बजेको समयमा नारायणगढबाट जुगेडीतर्फ गइरहेको ना ८ ख ४५६२ नम्बरको टिप्परले जुगेडीबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश०६–००१ प ८५५१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका तनहुं देवघाट गाउँपालिका–५ बस्ने ५२ वर्षीय बिक्रम तामाङको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
टिप्पर र टिप्पर चालक सिन्धुली कमलामाई नगरपालिका बस्ने २९ वर्षीय सुमन बरुवाललाई प्रहरीले नियन्त्रणमा लिएको चितवन प्रहरीका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।











