काठमाडौँ । इजरायलमा रहेका २५३ जना नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको जहाज उडेको छ।
इजरायलस्थित तेल अभिभ विमानस्थलबाट उडेको जहाज आजै राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। परराष्ट्र मन्त्री एनपी साउद नेपाली विद्यार्थी लिन इजरायल पुगेका थिए।
मन्त्री साउदको सचिवालयले दिएको जानकारीअनुसार २५३ जना नेपाली नागरिकलाई लिएर नेपाल वायु सेवा निगमको जहाज नेपालका लागि उडेको छ।
आज राति साढे १ बजे जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । इजरायलमा ४५०० जना नेपाली कामदार (केयर गिभर) छन्। उनीहरू सुरक्षित छन्।
दुई सय ६५ जना नेपाली विद्यार्थीमध्ये हमासको आक्रमणबाट गत शनिबार १० जना विद्यार्थीको मृत्यु भएको थियो।











