चितवन । भरतपुर महानगरपालिका–१६, स्थित ब्रहमपुरमा सेतो प्लाष्टिकको झोलामा नवजात शिशु मृत फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार बिहान ९ः३० बजेको समयमा स्थानीय नेकराज पण्डितको खाली जग्गामा झोलामा पोका पारेको अवस्था उक्त नवजात शिशु मृत फेला परेको हो। उक्त शिशु छोरा भएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट पुगेको टोलीले घटनास्थलको मुचुल्का उठाउनुको साथै अन्य अनुसन्धान कार्य भइरहेको छ।












