चितवन। इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित गोरखा होटल एण्ड लजमा आज एक पुरुष मृत फेला परेका छन् । हिजो (सोमबार) साँझ ६ बजे अन्दाजी ३५ वर्षीय सरिता सुनार र एक पुरुष उक्त होटलमा बास बस्न गएका थिए ।
सुनारसँगै होटलमा बास बस्न गएका एक पुरुष आज बिहान ९ः४५ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । सुनार भने फरार भएकाले उनको खोजी कार्य जारी रहेको उनले बताए । पण्डितका अनुसार मृतक पुरुषको पहिचान खुलेको छैन ।












