भरतपुर । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माको नेतृत्वमा गएको अनुगमन टोलीले शुक्रबार नारायणगढबाट २० कार्टुन (२०० लिटर) शंकास्पद घिउ जफत गरेको छ । बाराको फेटामा बनेको रोयल बेकरी ब्राण्डको सर्टिङ घिउ जफत गरिएको हो ।
उक्त घिउ भरतपुर महानगरपालिका–१ मेनरोडमा रहेको माँ पद्मा किराना स्टोर्सका लागि बजरंग बली ट्रान्सपोर्टले ल्याएको पाइएको छ । शंकास्पद घिउ अनुगमन टोलीले ट्रान्सपोर्टको गोदाममा फेला पारेको हो । बारास्थित गवामाइ बेकरी सर्टेनिङ रिप्याकेजिङ उद्योगले घिउ उत्पादन गरेको हो ।
जफत गरिएको शंकास्पद घिउ जिल्ला प्रशासन कार्यालयमा राखिएको छ । माँ पद्मा किराना स्टोर्सका सञ्चालक अमर प्रसाद कलवारलाई बयानका लागि आइतबार प्रशासन कार्यालयमा बोलाइएको सहायक प्रजिअ शर्माले जानकारी दिए ।











