भरतपुर । नारायणगढको लिला चोकबाट लागुऔषधसहित दुई व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१ बस्ने बर्ष २५ को बिष्णु के.सी र भरतपुर–२ बस्ने बर्ष २७ को आशिष चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
साउन १८ गते बिहान साढे ४ बजे शंकास्पद रुपमा सडकमा उभिरहेका दुई जनालाई चेकजाँचको क्रममा लागुऔषध भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।
उनीहरुले बोकेको फाइबर झोलाबाट डाईजेपाम ७१ एम्पुल, प्रोमोताईजेन ७५ एम्पुल र नफिम ७१ एम्पुल गरी जम्मा २१७ एम्पुल लागुऔषध भेटिएको अधिकारीले जानकारी दिएका छन् ।
निजहरुमाथी चितवन जिल्ला अतालतबाट लागुऔषध मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको उनले बताए।











