चितवन । चितवन अटो मोबाइल एशोसियसनको आसन्न निर्वाचनमा कुल बहादुर क्षेत्री ‘राजु’ले उम्मेद्वारी दिएका छन् । असोज ६ गते शनिबार नारायणगढमा हुने एशोसियनको २२ औं बार्षिक साधारण सभा तथा १२ औं अधिवेशनमा अध्यक्ष पदका लागि क्षेत्रीले उम्मेद्वारी दिएका हुन् ।
उम्मेद्वारी दिएसंँगै आफू निर्वाचित भएमा उनले यस क्षेत्रलाई मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरे । अटोमोबाइल क्षेत्रमा आफ्नो बिगत १७ बर्षदेखि योगदान दिदै आएको बताउंँदै उनले यस क्षेत्रलाई जिल्लाकै नमुना व्यवसायिक क्षेत्र बनाउने अठोट गरेका छन् ।
आफूले निर्वाचित भएपछि यस क्षेत्रमा भएका समस्या, विकृतिको समाधान गर्दै लैजाने र आफ्नो लगाव संस्थाप्रति सधै रहने उनले बचनवद्धता व्यक्त गरे । उनी विवेक अटो पार्ट्सका संचालक समेत हुन् ।












