काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले नेता हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश दिएको छ।
सर्वोच्च अदालतले ४८ घण्टाभित्र नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई कोशीको मुख्यमन्त्री नियुक्त गर्न आज प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले आज उक्त आदेश दिएको हो। आदेशसँगै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पुनः पदमुक्त भएका छन्।











