चितवन । नेपाल सितोरियो कराँते संघ बागमती प्रदेशको अध्यक्षमा गगन लामा सर्वसम्मत चयन भएका छन् । भरतपुरमा आज भएको नेपाल सितोरियो कराँते संघ बागमती प्रदेशको प्रथम अधिवेशनबाट लामा अध्यक्ष चयन भएका हुन् ।
अधिवेशनले सात जनालाई केन्द्रीय महाधिवेशनमा प्रतिनिधि पठाउने पनि निर्णय गरेको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुमा प्रकाश मोहन धौभडेल (भक्तपुर), दिपक श्रेष्ठ (ललितपुर), ज्ञान बहादुर जिम्वा (काठमाडौ), विजय गुरूङ (नुवाकोट), राधिका देउला (भक्तपुर), दिपक लामा (मकवानपुर) र दावा तामाङ (रसुवा) रहेका छन् ।
नेपाल सितोरियो कराँते संघ केन्द्रीय अध्यक्ष दावा गुरूङको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा जिल्ला खेलकुद विकास समितिका सदस्य कल्पना पौडेल खड्का, नेपाल सितोरियो कराँते संघ केन्द्रीय उपाध्यक्ष मझिन्द्र सिंह र बागमती प्रदेशका १३ जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।











