काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बागमती अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का भारी मतले विजयी भएका छन् ।
आज भएको निर्वाचनमा प्रतिस्पर्धी उमेश पियालाई हराउँदै उनी अध्यक्ष निर्वाचित भएका हुन् । मतदानमा खड्काले २३ मत र पियाले १४ मत प्राप्त गरेका छन् ।











