चितवन । विभिन्न मुद्धामा दोषी ठहर भई फरार रहँदै आएका ७ प्रतिवादीले चितवन प्रहरीले पक्राउ गरेको छ । चितवन जिल्ला अदालतको विभिन्न मितिको फैसलाले दोषी ठहर भएका विभिन्न मुद्धाका फरार प्रतिवादीलाई आज इलाका प्रहरी कार्यालय माडीको टोलीले नियन्त्रणमा लिएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
पक्राउ पर्नेमा माडी नगरपालिका–२ बस्ने ४२ वर्षीय सुरेन्द्र ठकुरी, ५२ वर्षीय कुमार ठकुरी, वडा नं ५ का ३३ वर्षीय भुवन केसी, ३८ वर्षीय रामबहादुर खत्री क्षेत्री, ३५ वर्षीय दिपक खत्री क्षेत्री, वडा नं ७ का ४१ वर्षीय नारायण प्रसाद सुवेदी र वडा नं ९ का ३५ वर्षीय दिपेन्द्र बोट रहेका छन् । पक्राउ परेका प्रतिवादीलाई कैद तथा जरिवाना भुक्तानको लागी चितवन जिल्ला अदालतमा उपस्थित गराईएको प्रवक्ता पण्डितले बताए ।











