काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशमा ७४ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५१२ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको हो ।
सो अवधिमा पीसीआर विधिबाट एक हजार ५३५ र एन्टीजेन विधिबाट एक हजार ९७७ जनाको कोरोना परिक्षण गरिएको थियो ।बितेको चौबिस घण्टामा १६० जना कोरोना भाइरस संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या एक हजार ६१९ रहेको छ ।











