चितवन । खैरहनी नगरपालिका–१ मा अवस्थित नवोदय विध्यालय द्वारा संचालित नवोदय स्काउट ट्रुपको आयोजनामा “पदयात्रा तथा प्रतिभा खोजी कार्यक्रम – २०७९” सम्पन्न भएको छ। आठौँ संविधान दिवसको अवसरमा आयोजित कार्यक्रम कालिका नगरपालिका स्थित शक्तिखोरमा रहेको सिन्ति झरना क्षेत्रमा सम्पन्न गरिएको हो।
उक्त कार्यक्रम नवोदय स्कुलकी प्राचार्य सिस्टर एलिस मोन्टेरोको अध्यक्षतामा र सिएएलटि सन्तोष बस्ताकोटीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै विद्यालयका प्रबन्ध निर्देशक फादर माईकल चिरायथले विद्यार्थीको शारीरिक,मानसिक र सामाजिक विकासको लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताए। उनले स्काउट लक्षित कार्यक्रम निरन्तर रुपमा गर्न आफू सदैव तत्पर रहेको समेत बताए।
कार्यक्रममा विभिन्न ५ खेल खेलाईएको थियो । जस अन्तर्गत बेलुन ब्लाष्ट केटा तर्फ “घोडा समूह”,बेलुन ब्लाष्ट केटि तर्फ “ढुकुर समूह” , मेमोरी टेष्ट तर्फ ” ढुकुर समूह” ,टिम ब्विल्ड तर्फ “घोडा समूह” र क्याच द बोटल तर्फ रश्मि चेपाङ्ग विजयी भएका थिए। त्यस्तै, नृत्य तर्फ नबिता चेपाङ्ग (एकल) र ढुकुर समूह (सामुहिक) विजयी भएका थिए। सो कार्यक्रममा गायन तर्फ क्रमश: एनुका चेपाङ्ग,दुर्गा चेपाङ्ग र सन्दिप चेपाङ्ग प्रथम,द्वितीय तृतीय भएका थिए भने हाँस्य विधा तर्फ अनिल चेपाङ्ग विजयी भएको कार्यक्रम संयोजक तथा विद्यालयकि स्काउट शिक्षिका सुष्मा दराईले बताएन्।
कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक फादर माईकल चिरायथ, शिक्षकहरु सिस्टर कार्मेलिटा डिसुजा, कविता देवकोटा,तेजेन्द्र कुँवर ,दिपा लामिछाने लगायतको उपस्तिथि रहेको थियो। कार्यक्रम विद्यालयका शिक्षक अरुण नेपालले संचालन गरेका तिए। विद्यालयमा हाल सिमान्तकृत चेपाङ्ग समुदायका ३२० बालबालिका अध्ययनरत छन।











